तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं (फोटो फिचर)

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन बानेश्वरदेखि तीनकुनेसम्मका सडक तथा आसपासका क्षेत्र झिलिमिली बत्तीले सजिएका छन् । तिहारलाई स्वागत गर्न विभिन्न स्थानमा राखिएका रङ्गीचङ्गी बत्तीले यहाँको दृश्यलाई थप आकर्षक बनाएका छन् । साँझ पर्दै जाँदा झिलिमिली बत्तीले बानेश्वरदेखि तीनकुनेसम्मको वातावरण तिहारमय बनेको छ ।