टी-२० विश्वकप खेल्ने वेस्ट इण्डिज टिमको घोषणा, को को परे ?

विज्ञापन
ncell

वेस्ट इण्डिजको टिममा शाई होप (कप्तान), शिमरोन हेटमायर, जोनसन चार्ल्स, ब्रान्डन किंग, रोस्टन चेस, जेसन होल्डर, रोभम्यान पावेल, शेर्फेन रदरफोर्ड, रोमारियो शेफर्ड, क्वेन्टिन सामसन, अकिल हुसेन, गुडाकेश मोती, शमर जोसेफ, जेडेन सिल्स र म्याथ्यू फोर्ड रहेका छन् ।

काठमाडौँ । वेस्ट इण्डिजले आइसीसी टी-२० विश्वकप २०२६ खेल्ने टिमको घोषणा गरेको छ । वेस्ट इन्डिजले शाई होपको कप्तानीमा टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

वेस्ट इण्डिजको टिममा शाई होप (कप्तान), शिमरोन हेटमायर, जोनसन चार्ल्स, ब्रान्डन किंग, रोस्टन चेस, जेसन होल्डर, रोभम्यान पावेल, शेर्फेन रदरफोर्ड, रोमारियो शेफर्ड, क्वेन्टिन सामसन, अकिल हुसेन, गुडाकेश मोती, शमर जोसेफ, जेडेन सिल्स र म्याथ्यू फोर्ड रहेका छन् ।

वेस्ट इण्डिजले घरेलु मैदानमा २०२४ को विश्वकप खेलेको टोलीबाट ११ खेलाडीहरूलाई निरन्तरता दिएको छ भने बायाँ हाते ओपनर एभिन लुइस र फास्ट बलर अल्जारी जोसेफ चोटका कारण विश्वकप टिममा स्थान बनाउन असफल भएका छन् ।

आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् । वेस्ट इण्डिजले आफ्नो पहिलो खेल फेब्रुअरी ७ मा कोलकातामा स्कटल्याण्डविरुद्ध खेल्नेछ । वेस्ट इण्डिजले अन्तिम पटक २०१६ मा टी-२० विश्वकप जितेको थियो ।