रेनो डस्टरको १.० र १.३ लिटर टर्बो इन्जिनसहित नयाँ जेनेरेसन भारतमा सार्वजनिक
रेनो इन्डियाले भारतीय बजारमा अल न्यू डस्टर(Renault Duster) सार्वजनिक गरेको छ । फ्रेन्च कार निर्माताले उत्पादन बन्द गरेको झण्डै ४ वर्षपछि रेनो डस्टरको अल न्यू जेनेरेसन मोडल ल्याएको हो । भारतमा प्रि-बुकिङ खुल्ला भएको नयाँ डस्टर नेपाल पनि आउने सक्ने मोडल हो ।
काठमाडौं । रेनो इन्डियाले भारतीय बजारमा अल न्यू डस्टर(Renault Duster) सार्वजनिक गरेको छ । फ्रेन्च कार निर्माताले उत्पादन बन्द गरेको झण्डै ४ वर्षपछि रेनो डस्टरको अल न्यू जेनेरेसन मोडल ल्याएको हो । भारतमा प्रि-बुकिङ खुल्ला भएको नयाँ डस्टर नेपाल पनि आउने सक्ने मोडल हो । कम्पनीले १.० लिटर टर्बो पेट्रोल र १.३ लिटर टर्बो पेट्रोल इन्जिन यसलाई बजारमा ल्याउने भएको हो ।
ठूलो टर्बो इन्जिनसँग म्यानुअल र अटोमेटीक दुबै गियरबक्स अप्सनको रुपमा आउने छ । तर, १.० लिटर इन्जिन भने म्यानुअल गियरबक्समा मात्रै उपलब्ध हुन्छ ।
यो एसयूभीको नयाँ भेरियन्टको मूल्य लगभग ११–१२ लाखबाट सुरु हुने र शिर्ष अन्तर्गतको भेरियन्टका लागि मूल्य २० लाख भारतीय रुपैयाँसम्म पर्ने कम्पनीको दाबी छ । कम्पनीका सबै शोरुमहरुमा रेनोल्ट डस्टरको प्रि–बुकिङ सुरु भएको हो । यसमा १०.१ इन्चको इन्फोटेनमेन्ट प्रणाली, ६ वटा स्पिकरण भएको, यूएसबी चार्जिङ पोर्ट, वायरलेस फोन चार्जर, ६ वटा एयरब्यागलगायत अन्य धेरै सुविधाहरु समेत समावेश हुने निर्माण कम्पनीले जनाएको छ । रेनोल्टको नयाँ लोगो, स्पोर्टी बम्पर, नयाँ बहुभुज हेडल्याम्प र वाई आकारको एलइडी डिआरएलहरु समावेश भइ नयाँ डिजाइनमा ग्रिल गरिएको हुनेछ ।