जावलाखेललाई हराउदै एपीएफ राष्ट्रिय लिगको शिर्ष स्थानमा

विज्ञापन
ncell

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो ।

काठमाडौं । जारी राष्ट्रिय लिगमा एपीएफले लगातार चौथो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले जाउलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो । 

एपीएफको जितमा समिराज थोकरले दुवै गोल गरेका थिए भने जावलाखेलका लागि एक गोल धवेन्द्र कुँवरले गरेका थिए ।

यो जितपछि एपीएफ १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै जाउलाखेलको भने यो चौथो खेलमा तेस्रो हार हो ।

राष्ट्रिय लिगमा आज अर्को खेल चित्लाङ एफसी र मच्छिन्द्र क्लबबीच दिउँसो ३ बजेदेखि सुरु हुँदैछ ।