जीवन बीमकहरुको व्यापार ९४ अर्ब ३७ करोड, रकममा नेपाल लाईफले टप्दा बृद्धिदरमा राष्ट्रिय जीवन बीमा
मुलुकमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत वर्षको ६ महिनाको ८० अर्ब ६६ करोड ३८ लाखको तुलनामा कुल बीमाशुल्क १७ प्रतिशतले बढाएका हुन् ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को पुषसम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत वर्षको ६ महिनाको ८० अर्ब ६६ करोड ३८ लाखको तुलनामा कुल बीमाशुल्क १७ प्रतिशतले बढाएका हुन् ।
यसअवधिमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स संकलन गरेको छ । नेपाल लाईफ गत वर्षको पुसको २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँका तुलनामा १३.६० प्रतिशतले बढाएर २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ संकलन गरेको छ । दोस्रोमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले यसअवधिमा ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क उठाएको छ । जुन गत वर्षको ९ अर्ब ६० करोड ८० लाखको तुलनामा १८.३७ प्रतिशतले बढी हो ।
नेशनल लाईफलाई पछ्याइरहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत वर्षको ६ महिनाको ९ अर्ब ४६ करोडको तुलनामा ८.०९ प्रतिशत बढाएर १० अर्ब २२ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरि पुषसम्म हिमालयन लाइफले गत वर्षको ८ अर्ब ३३ करोड ८ लाखको तुलनामा ३.४९ प्रतिशतले बढाएर ८ अर्ब ६२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
उता, सरकारी स्वामित्वकको राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाशुल्कमा उल्लेख्य बृद्धि देखिएको छ । गत वर्ष पुससम्म २ अर्ब ७७ करोड ४५ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको राष्ट्रिय जीवन बीमाले १२८.२५ प्रतिशतले बढाएर ६ अर्ब ३३ करोड २७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क पनि गत वर्षको पुससम्मको ५ अर्ब ६ करोड ५७ लाख रूपैयाँको तुलनामा ११.८६ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा एसियन लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क १० प्रतिशत बढेको छ । गत वर्ष पुससम्म ४ अर्ब २१ करोड ८६ लाख कुल बीमा शुल्क संकलन गरेको एसियनले चालू वर्षको ६ महिनामा ४ अर्ब ६४ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सको कुल बीमा शुल्क पनि १९.४३ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको सिटिजन्सले चालू पुसमा ४ अर्ब ४ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको कुल बीमा शुल्क १२.२८ प्रतिशतले बढेर ३ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष पुसमा सानिमाले ३ अर्ब २४ करोड ४ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।
मेटलाइफको कुल बीमा शुल्क १३.०२ प्रतिशतले बढेर ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष पुसमा मेटलाईफको कुल बीमा शुल्क २ अर्ब ८६ करोड ८५ लाख रूपैयाँ थियो । आइएमई लाइफको कुल बीमा शुल्क गत वर्षको २ अर्ब ४४ करोड १ लाखको तुलनामा ३०.७३ प्रतिशतले बढेर ३ अर्ब १८ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
रिलायबल नेपाल लाइफको कुल बीमा शुल्क २५.१३ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा २ अर्ब ३८ करोड ५० लाख कुल बीमा शुल्क संकलन गरेको रिलायबलले यसअवधिमा २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ पुर्याएको छ । प्रभु महालक्ष्मी लाइफको कुल बीमा शुल्क १५.२२ प्रतिशतले बढेर २ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष पुसमा प्रभूको २ अर्ब ४२ करोड ७३ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन भएको थियो । त्यस्तै, सन नेपाल लाइफको कुल बीमा शुल्क ५.५३ प्रतिशतले बढेर २ अर्ब ११ करोड ३९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष पुसमा सन नेपालले २ अर्ब ३१ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।
