नेपाली टेनिस स्टार शिभाली एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डरमा चौंथो

विज्ञापन
ncell

अस्ट्रेलियन ओपनअन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४ वर्षीया शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भएकी हुन् ।

काठमाडौं । नेपाली टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलिया जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौंथो भएकी छन् ।

अस्ट्रेलियन ओपनअन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४ वर्षीया शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भएकी हुन् । 

यसअघि, सेमिफाइनलमा शिभाली अस्ट्रेलियाकी मुसेम्मे सिलेकसँग ६–१ र ६–४ ले पराजित भएकी थिइन् । उनले ५ खेल खेल्दै २ जित र ३ हार व्यहोरेकी छन् । उनले समूह चरणमा चिनियाँ खेलाडी र अष्ट्रेलियन खेलाडीलाई पराजित गरेकी थिइन् । यस प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट ८ ब्वाइज र ८ जना गर्ल्स खेलाडीले सहभागी गराइएको थियो ।