जिली EX5 को २०२६ मोडल नेपाली बजारमा

नेपालका लागि जिली EX5 को आधिकारिक आयातकर्ता तथा विक्रेता एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली EX5 सार्वजनिगर्दै देशको अटोमोबाइ उद्योगमा फेरि एकपटक नयाँ मापदण्ड स्थापित गरेको छ ।

काठमाडौं । नेपालका लागि जिली EX5 को आधिकारिक आयातकर्ता तथा विक्रेता एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली EX5 सार्वजनिगर्दै देशको अटोमोबाइ उद्योगमा फेरि एकपटक नयाँ मापदण्ड स्थापित गरेको छ ।

नेपालका अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारी साधनहरू प्रायःवर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको अवस्थामा, एलआरआर मोटर्सले २०२६ सालको पहिलो महिनामै २०२६ मोडलको जिल EX5 नेपाली बजारमा उपलब्ध गराउन सफल भएको हो।

जिली EX5 खरिद गर्ने योजना बनाइरहेका ग्राहकहरूकालागि यो खबर अत्यन्तै सकारात्मक रहेको छ । अब ग्राहकहरूले अपेक्षाभन्दा निकै छिटो नयाँ मोडलको सवारी साधनप्राप्त गर्न सक्नेछन्, जसले उच्च पुनःबिक्रीमूल्य, अद्यावधिक प्रविधितथा भविष्य–मैत्री ड्राइभिङ अनुभव सुनिश्चित गर्दछ ।

थप आकर्षणका रूपमा, २०२६ मोडलको जिली EX5 मा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोनसँगको सहजीकीकरण मार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको छ । 

यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमातीव्र गतिमाविस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिलीईएक्स५लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।

“नेपाली ग्राहकहरुलाई ढिलाइ नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय होे,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, “इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधा सहित नयाँ EX5 ले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्यप्रदान गर्नेमा हामी विश्वस्त छौ ।”

“ग्राहकहरूको दृष्टिकोणबाट हेर्दा, यसले अद्यावधिक प्रविधियुक्त सवारीसाधन र दीर्घकालीन रूपमा अधिक मूल्यप्राप्त गर्ने अवसर प्रदान गर्दछ,” श्रेष्ठले थपे ।