एपोलो हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति, १४ लाख १० हजार किक्ता सेयर विक्री गर्ने
एपोलो हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख १० हजार किक्ता साधारण सेयर वित्रीमार्फत १४ करोड १० लाख रुपैयाँ बराबरको पुँजी सङ्कलन गर्ने छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एपोलो हाइड्रोपावरलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले एपोलालाई मंगलबार आईपीओ निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति दिएको हो ।
बोर्डबाट प्राप्त अनुमति अनुसार एपोलो हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख १० हजार किक्ता साधारण सेयर वित्रीमार्फत १४ करोड १० लाख रुपैयाँ बराबरको पुँजी सङ्कलन गर्ने छ । एपोलोको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल छ ।