ऋण गरेर भए पनि स्वास्थ्य बीमाको समस्या समाधान गर्नुपर्छ: प्रधानमन्त्री कार्की

विज्ञापन
ncell

प्रधानमन्त्री सुशिला कार्कीले ऋण गरेर भएपनि बीमाको समस्या समाधान गर्नुपर्ने बताएकी छन् । त्यस्तै उनले बीमाको समस्या समाधान गरेर यसलाई नियमन गर्न जरुरी रहेको बताएकी छन् । उनले नेतागिरी गर्ने हिसाबबाट बोल्दा सुविधा दिने १० वटा बाटो देखाउने स्रोत छ कि छैन त्यसको विचार नगर्ने प्रवृत्ति पनि रहेको उल्लेख गरेकी छन् ।

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले ऋण गरेर भएपनि बीमाको समस्या समाधान गर्नुपर्ने बताएकी छन् । त्यस्तै उनले बीमाको समस्या समाधान गरेर यसलाई नियमन गर्न जरुरी रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित स्वास्थ्य बिमाको वर्तमान अवस्था तथा भावी मार्गचित्रसम्बन्धी छलफलमा उनले पहिलाका नेताहरुले सबैका लागि सोचेर काम गरेपनि बीमालाई एकद्वार प्रणालीबाट लागू गरे गरिब, निमुखा, वृद्धले सुविधा पाउने बताइन् । 

उनले भनिन्, ‘पैसा गईरहेको छ, जनताले उपचार पनि पाएको छैन । यो अवस्थालाई नियन्त्रण गर्नुपर्छ । अब के गर्ने गर्नुपर्छ किनभने जनताले ३५०० तिरि रहेको छ सरकारले सित्तै खाएको जस्तो भई रहेको छ । यसमा के गर्ने हो सोच्नुपर्छ । यसबारे छलफल गरेर ऋण गरेर हुन्छ कि के गरेर हुन्छ जसरी भएपनि गर्नै पर्छ । हिजो कुन हिसाबबाट यो काम भयो तर जनताले सरकार नै देख्छ हिजोको र आजको सरकारले जनतालाई मतलब हुँदैन।’

उनले नेतागिरी गर्ने हिसाबबाट बोल्दा सुविधा दिने १० वटा बाटो देखाउने स्रोत छ कि छैन त्यसको विचार नगर्ने प्रवृत्ति पनि रहेको उल्लेख गरेकी छन् । एकातिर जनताले ३५०० तिरि रहेको छ, अर्को तिर सरकारले १ लाखसम्मको उपचार गरिदिने भनेर भनेको छ तर बीमाको रकम नपाएर अस्पतालले सेवा बन्द गरेको पनि उनको भनाई छ । उनले नेतागिरी गर्ने हिसाबबाट बोल्दा सुविधा दिने १० वटा बाटो देखाउने स्रोत छ कि छैन त्यसको विचार नगर्ने प्रवृत्ति पनि रहेको उल्लेख गरेकी छन् । एकातिर जनताले ३५०० तिरि रहेको छ, अर्को तिर सरकारले १ लाखसम्मको उपचार गरिदिने भनेर भनेको छ तर बीमाको रकम नपाएर अस्पतालले सेवा बन्द गरेको पनि उनको भनाई छ ।