टी-२० विश्वकप: नेपाल र अफगानिस्तान सबैभन्दा युवा टिम
शनिबारदेखि आइसीसी टी-२० क्रिकेट विश्वकप शुरु हुदैछ । २० टोलीका ३०० खेलाडीले यस प्रतियोगितामा भाग लिदैछन् । यो प्रतियोगिताको सबैभन्दा कान्छा समूह हो । यस समूहका सबै टोलीहरूको औसत उमेर ३० वर्ष मुनि छ ।
काठमाडौं । शनिबारदेखि आइसीसी टी-२० क्रिकेट विश्वकप शुरु हुदैछ । २० टोलीका ३०० खेलाडीले यस प्रतियोगितामा भाग लिदैछन् । भारत र श्रीलंकाले आयोजना गरेको यस प्रतियोगितामा ४८ प्रतिशत खेलाडी ३० वर्षभन्दा माथिका छन् ।
क्यानडाका युवराज सम्रा १९ वर्ष १०७ दिन उमेरका प्रतियोगिताका सबैभन्दा कान्छा खेलाडी छन् भने ओमानका मोहम्मद नदीम ४३ वर्ष ११७ दिन उमेरका सबैभन्दा जेठा खेलाडीले यस विश्वकपमा भाग लिदैछन् ।
नेपाल र अफगानिस्तानका खेलाडीको औसत उमेर सबै भन्दा कम रहेको छ । जसको औसत उमेर २५ वर्ष रहेको छ । त्यस्तै न्यूजील्याण्ड र अमेरिकाका खेलाडीको औसत उमेर सबै भन्दा बढी ३१ वर्ष रहेको छ ।
समूह ए:
यस समूहमा अमेरिकाका खेलाडीको उमेर सबै भन्दा बढी छ, जबकि नामिबियाका खेलाडीको सबैभन्दा कम छ । अमेरिकाका खेलाडीको औसत उमेर ३१ वर्ष छ, जबकि नामिबियाको मात्र २६ वर्ष छ। यस समूहमा ७५ खेलाडीहरू छन्, जसमध्ये ३२ जना ३० देखि ३५ वर्षका छन् । ३२ खेलाडीहरू ३५ देखि ४० वर्ष उमेरका छन् । केवल एक खेलाडी ४० वर्ष उमेरका छन् ।
त्यस्तै भारतका खेलाडीको औसत उमेर २९ वर्ष छ । ८ खेलाडीहरू ३० वर्षभन्दा माथिका छन् । ७ खेलाडीहरू २० देखि ३० वर्ष उमेरका छन् । सूर्यकुमार यादव ३५ वर्ष उमेरका सबैभन्दा जेठा खेलाडी हुन् भने तिलक वर्मा सबैभन्दा कम २३ वर्षका रहेका छन् ।
त्यस्तै अमेरिकाका १२ खेलाडी ३० वर्ष उमेरका छन् । जसमा सैतीजा मुक्कामाला २१ वर्ष २९६ दिनका सबैभन्दा कम उमेरका छन् भने अली खान सबै भन्दा बढी ३५ वर्ष ४८ दिनका रहेका छन् । अमेरिकाको औसत उमेर ३१ वर्ष छ ।
त्यस्तै नामबियाका खेलाडीको औसत उमेर २६ वर्ष छ । १० खेलाडीहरू २० देखि ३० वर्ष उमेरका छन् । ज्याक ब्रासेलको सबैभन्दा कम २० वर्ष रहेको छ भने बर्नार्ड स्कोल्जको सबै भन्दा बढी ३५ वर्ष रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्सका खेलाडीको औसत उमेर २९ वर्ष छ । जसमा रोलोफ भ्यान डेर मेर्वेको सबैभन्दा बढी ४१ वर्ष रहेको छ भने ज्याक लियोन क्याशको सबैभन्दा कम २२ वर्ष रहेको छ ।
त्यसैगरी यस समुहमा रहेको पाकिस्तानका खेलाडीको औसत उमेर २८ वर्ष छ । जसमा ११ खेलाडीको उमेर २५ देखि ३५ वर्ष रहेको छ । पाकिस्तानका नसीम शाहको सबैभन्दा कम २२ वर्ष रहेको छ भने फखर जमानको सबैभन्दा बढी ३५ वर्ष २९० दिन रहेको छ ।
समूह बी:
ओमान यस समूहको सबैभन्दा जेठा टोली हो, जसको औसत उमेर ३१ वर्ष छ । अष्ट्रेलियाको औसत उमेर ३० वर्ष छ । श्रीलंकाको औसत उमेर सबैभन्दा कम २७ वर्ष छ ।
अष्ट्रेलियाका १० खेलाडी ३० वर्षभन्दा माथिका छन् भने ५ खेलाडी ३० वर्षभन्दा कम उमेरका छन् । जसमा कूपर कोनोलीको सबैभन्दा कम २२ वर्ष रहेको छ भने मार्कस स्टोइनिसको सबैभन्दा बढी ३६ वर्ष रहेको छ ।
त्यस्तै श्रीलंकामा ३० वर्षभन्दा माथिका ५ खेलाडी छन् । जसमा १० खेलाडी २० देखि ३० वर्षका बीचका छन् । डुनिथ वेलालेजको सबै भन्दा कम २३ वर्ष रहेको छ भने कुसल परेरा सबैभन्दा वरिष्ठ खेलाडी हुन् । टोलीको औसत उमेर २७ वर्ष छ, जुन समूहमा सबैभन्दा कम उमेरको छ ।
त्यसैगरी जिम्बाब्वेको औसत उमेर २८ वर्ष छ । ६ खेलाडी २५ देखि ३० वर्षका बीचका छन् । ब्रायन बेनेटको सबैभन्दा कम २२ वर्ष छ भने सिकन्दर रजा सबैभन्दा अनुभवी खेलाडी हुन्, उनी ३९ वर्षका छन् ।
त्यस्तै आयरल्याण्डका सात खेलाडी २५ देखि ३० वर्षका बीचका छन् । टिम टेक्टरको सबै भन्दा कम २२ वर्ष रहेको छ बने पल स्टर्लिङ सबै भन्दा बढी ३५ वर्षका छन् । टोलीको औसत उमेर २८ वर्ष रहेको छ ।
त्यसैगरी ओमानको औसत उमेर ३१ वर्ष रहेको छ । जसमा १० खेलाडी ३० वर्षभन्दा माथिका छन् । नदीम खानको सबै भन्दा कम उमेर २४ वर्ष रहेको छ भने मोहम्मद नदीम सबैभन्दा बढी ४३ वर्ष रहेको छ ।
समूह सी:
यो प्रतियोगिताको सबैभन्दा कान्छा समूह हो । यस समूहका सबै टोलीहरूको औसत उमेर ३० वर्ष मुनि छ । इङ्गल्याण्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्याण्डको औसत उमेर २९ वर्ष छ भने नेपालको औसत उमेर २५ वर्ष छ । यस समूहमा ४१ खेलाडीहरू ३० वर्ष मुनिका छन्, जसमा १९ वर्षका दुई खेलाडीहरू छन् । ३५ देखि ४० वर्षका ३१ खेलाडीहरू छन् । ४० वर्षभन्दा माथिका एक खेलाडी मात्र छन् ।
इङ्गल्याण्ड: औसत उमेर २९ वर्ष छ । ७ खेलाडी ३० वर्षभन्दा माथिका छन्। जसमा रेहान अहमदको उमेर सबैभन्दा कम २१ वर्ष छ भने आदिल रशिदको सबै भन्दा बढी ३७ वर्ष रहेको छ ।
त्यस्तै वेस्ट इन्डिजका ९ खेलाडी ३० वर्षभन्दा माथिका छन् । जसमा म्याथ्यू फोर्डको सबै भन्दा कम २३ वर्ष रहेको छ भने जोनसन चार्ल्सको सबै भन्दा बढी ३७ वर्ष रहेको छ । टोलीको औसत उमेर २९ वर्ष रहेको छ ।
त्यसैगरी इटालीको औसत उमेर २९ वर्ष छ । जसमा ७ खेलाडी ३० वर्षभन्दा माथिका छन् । अली हसनको सबै भन्दा कम २३ वर्ष रहेको छ भने वेन म्याडसेनको सबै भन्दा बढी ४२ वर्ष १५ दिन रहेको छ ।
त्यस्तै नेपाल समूहको सबैभन्दा कान्छो टोली हो । नेपालको औसत उमेर २५ वर्ष छ । १४ मध्ये १३ खेलाडी ३० वर्षभन्दा कम उमेरका छन् । जसमा गुलशन झाको सबै भन्दा कम १९ वर्ष रहेको छ भने करण केसीको सबै भन्दा बढी ३४ वर्ष रहेको छ ।
त्यसैगरी स्कटल्याण्डको औसत उमेर २९ वर्ष छ । टोलीमा अनुभव र युवाको मिश्रण झल्किन्छ, जसमा ३० वर्षभन्दा माथिका सात खेलाडीहरू छन् । जानउल्लाह एहसानको सबै भन्दा कम १९ वर्ष रहेको छ भने रिची बेरिङ्टनको सबै भन्दा बढी ३८ वर्ष रहेको छ ।
समूह डी:
यस समूहमा चार टोलीहरूको औसत उमेर ३० वर्ष मुनि छ । यसमा दक्षिण अफ्रिका, अफगानिस्तान, युएई र क्यानडा समावेश छन् । न्युजिल्याण्ड ३० वर्ष भन्दा माथिको औसत उमेर भएको एक मात्र टोली हो । ३१ वर्षको औसत उमेरको साथ, न्युजिल्याण्ड प्रतियोगिताको सबैभन्दा पुरानो टोलीहरू मध्ये एक हो ।
दक्षिण अफ्रिकाका नौ खेलाडीहरू ३० वर्ष भन्दा माथिका छन् । क्वेना म्फाका सबैभन्दा कम १९ बर्षका छन् भने डेभिड मिलर सबै भन्दा बढी ३६ बर्षका छन् ।
त्यस्तै न्युजिल्याण्ड समूहको सबैभन्दा बढी उमेरको टिम मध्ये एक हो । टिमको औसत उमेर ३१ वर्ष रहेको छ । जसमा १२ खेलाडीहरू ३० वर्ष भन्दा माथिका छन् । जसमा रचिन रविन्द्र सबैभन्दा कम २६ का छन् भने जेम्स नीशम सबैभन्दा बढी ३५ बर्षका छन् ।
त्यस्तै अफगानिस्तानको औसत उमेर २५ वर्ष रहेको छ । जसमा १२ खेलाडीहरू २० देखि ३० वर्षका बीचका छन् । मोहम्मद इशाकको सबै भन्दा कम २० वर्ष रहेको छ भने मोहम्मद नाबीको सबै भन्दा बढी ४० वर्ष रहेको छ ।
त्यसैगरी युएईको औसत उमेर २८ वर्ष छ र टोली सन्तुलित देखिन्छ । ११ खेलाडीहरू २५ देखि ३५ वर्षका बीचका छन् । जसमा ध्रुव पराशरको सबै भन्दा कम २१ वर्ष रहेको छ भने सिमरनजीत सिंहको सबै भन्दा बढी ३६ वर्ष रहेको छ ।
त्यस्तै क्यानडाको औसत उमेर २९ वर्ष छ । जसमा ८ खेलाडीहरू ३० वर्षभन्दा माथिका छन् । युवराज सम्राको सबै भन्दा कम १९ वर्ष रहेको छ भने नवनीत धालीवालको सबै भन्दा बढी ३७ वर्ष रहेको छ ।
