टी-२० विश्वकपमा वेस्ट इण्डिजको लगातार चौथो जित

विज्ञापन
ncell

विहिबार सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १६६ रनको लक्ष्य पछाएको इटालीले १८ ओभरमा १२३ रन मात्र बनाएर अलआउट भएपछि खेल ४२ रनले हारेको हो ।

काठमाडौँ । वेस्ट इण्डिजले इटालीलाई ४२ रनले पराजित गरेको छ ।

विहिबार सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १६६ रनको लक्ष्य पछाएको इटालीले १८ ओभरमा १२३ रन मात्र बनाएर अलआउट भएपछि खेल ४२ रनले हारेको हो । 

यसअघि आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सीको खेलमा वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

योसँगै वेस्ट इण्डिजले समुह सी मा समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको छ । त्यसैगरी इटालीले ४ खेलमा एक जित र ३ हार बेहोरेर प्रतियोगिताको अन्त्य गरेको छ ।