महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित
काठमाडौंमा सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पाण्डेले १०७९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पाण्डेले १,०७९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठले ७५० मत प्राप्त गरेकी थिइन् भने यस विधामा कुल १,८४४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, एसोसिएटतर्फको दुई महिला कार्यकारिणी सदस्य पदमा जुना माथेमा र अभिज्ञा मल्ल निर्वाचित भएका छन् । चुनावी प्रतिस्पर्धामा माथेमाले १,१४६ मत र मल्लले १,०१४ मत प्राप्त गरी जीत सुनिश्चित गरे । सोही पदका अन्य प्रत्यासीहरू शोभा ज्ञवालीले ७२१ मत र जमुना पौडेलले ७०२ मत प्राप्त गरेका थिए। महासंघको नयाँ कार्यसमिति चयनसँगै निजी क्षेत्रका व्यवसायीहरूले आगामी कार्यकालमा आर्थिक एजेन्डाहरूले थप प्राथमिकता पाउने विश्वास व्यक्त गरेका छन्।
