के तपाईलाई थाहा छ माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एपमा के–के सुविधा छन्?
मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी, खाता सञ्चालन तथा विभिन्न डिजिटल कारोबार सेवाहरू यस बैंकको मोबाइल एपमा उपब्ध छ ।
काठमाडौं । आफ्नो सेवा प्रवाहलाई डिजिटलाइजेसनतर्फ बढावा दिँदै लगेको माछापुच्छ्रे बैंकको मोबाइल एपमा बैंकिङ कारोबार र क्रियाकलाप मात्रै नभएर अन्य दर्जनौं सेवा सुविधा पनि उपलब्ध छन् । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी, खाता सञ्चालन तथा विभिन्न डिजिटल कारोबार सेवाहरू यस बैंकको मोबाइल एपमा उपब्ध छ । विभिन्न सेवाका बिलहरु तिर्ने, टिकट खरिदगर्ने जस्ता धेरै सेवाहरु पनि बैंकले मोबाइल बैंकिङबाट नै गर्नसक्ने सुविधा उपलब्ध गराएको छ ।
हुन त, माछापुच्छ्रे बैंक लिमिटेड नेपालका स्थापित तथा विश्वसनीय वाणिज्य बैंकहरूमध्ये एक हो । यसले विशेषगरी खुद्रा बैंकिङ तथा डिजिटल बैंकिङ सेवाको विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो बैंक सामान्य सेवाग्राहीदेखि व्यवसायिक ग्राहकसम्मका लागि सहज, आधुनिक र प्रयोगमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको छ ।
मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी, खाता सञ्चालन तथा विभिन्न डिजिटल कारोबार सेवाहरू सहज रूपमा उपलब्ध गराइएकाले दैनिक वित्तीय आवश्यकताका लागि धेरै ग्राहकहरूको पहिलो रोजाइमा यो बैंक पर्ने गरेको देखिन्छ । बैंकले समयअनुसार आफ्नो सेवा विस्तार गर्दै ग्राहकलाई छिटो, सुरक्षित र प्रभावकारी बैंकिङ अनुभव दिने लक्ष्य राखेको छ ।
बैंकको मोबाइल बैंकिङ सेवा यसको प्रमुख डिजिटल प्लेटफर्मका रूपमा विकसित भएको छ । यसमार्फत ग्राहकले सहज रूपमा रकम स्थानान्तरण, अन्तरबैंक रकम पठाउने, विद्युतीय वालेटमा रकम थप्ने तथा मोबाइल रिचार्ज गर्न सक्ने सुविधा पाउँछन् । साथै, नेपाल टेलिकम र एनसेलको रिचार्ज, इन्टरनेट, बिजुली, पानी लगायतका विभिन्न युटिलिटी बिलहरूको भुक्तानी पनि मोबाइल बैंकिङमार्फत सहज रूपमा गर्न सकिन्छ । यसले ग्राहकलाई बैंक शाखामा जानु नपरी घरमै बसेर धेरैजसो दैनिक वित्तीय कारोबार पूरा गर्न सक्ने सुविधा प्रदान गरेको छ ।
त्यसैगरी, मोबाइल बैंकिङमार्फत बस, हवाईजहाज, चलचित्र तथा केबलकार टिकट काट्ने सुविधा पनि उपलब्ध छ । बीमा शुल्क भुक्तानी तथा सरकारी राजस्व बुझाउने सेवा समेत यस प्लेटफर्ममा समेटिएको छ, जसले डिजिटल बैंकिङलाई अझ व्यापक बनाएको छ । रेस्टुरेन्टमा क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध छ, जसले नगदरहित कारोबारलाई प्रोत्साहन गरेको छ ।
बैंकले ‘कार्डबिनाको नगद झिकाइ’ सुविधा पनि सञ्चालनमा ल्याएको छ, जसअन्तर्गत एटीएम कार्ड नभएको वा कार्ड बिर्सिएको अवस्थामा समेत मोबाइल बैंकिङ प्रयोग गरी एटीएमबाट नगद निकाल्न सकिन्छ। यसले आपतकालीन अवस्थामा ग्राहकलाई थप सहजता प्रदान गरेको छ ।
मोबाइल बैंकिङ सेवामार्फत मुद्दती खाता खोल्ने, बचत खाताको रकम मुद्दती खातामा रूपान्तरण गर्ने, हितग्राही खाता तथा ऋणपत्रका लागि आवेदन दिने सुविधा पनि उपलब्ध छ । साथै डेबिट कार्ड तथा क्रेडिट कार्डका लागि आवेदन दिने, खाताको विवरण हेर्ने, कारोबारसम्बन्धी समस्या जानकारी गराउने तथा गुनासो दर्ता गर्ने सुविधा पनि एपमार्फत सहज रूपमा उपलब्ध गराइएको छ। बैंकले ग्राहकको आवश्यकताअनुसार समयसँगै नयाँ सुविधा थप्दै डिजिटल सेवालाई अझ आधुनिक बनाउँदै लगेको छ ।
प्रारम्भिक अवस्थामा सीमित रकम स्थानान्तरण सेवामा मात्र केन्द्रित रहेको मोबाइल बैंकिङ अहिले पूर्ण डिजिटल बैंकिङ प्लेटफर्मका रूपमा विस्तार भएको छ । यसले ग्राहकलाई वित्तीय सेवामा पहुँच सहज बनाउनुका साथै बैंकिङ प्रणालीलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाएको छ ।
त्यसैगरी, बैंकले आफ्नो मोबाइल बैंकिङ एप तथा वेबसाइटमार्फत विदेशमा रहेका नेपालीलाई समेत लक्षित गर्दै रेमिट्यान्स सेवा विस्तार गरेको छ । यस सुविधा अन्तर्गत अमेरिका तथा युरोपमा बसोबास गर्ने नेपालीले मोबाइल बैंकिङ एप वा वेबसाइटमार्फत नेपालमा सजिलै पैसा पठाउन सक्ने व्यवस्था गरिएको छ । यसका लागि क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट तथा ट्रान्सफर जस्ता विभिन्न माध्यम प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
यो सेवा प्रयोग गरेर विदेशमा रहेका नेपालीले घरमै बसेर सहज, सुरक्षित र छिटो रूपमा रेमिट्यान्स पठाउन सक्ने भएकाले यो सुविधा निकै उपयोगी मानिएको छ । साथै, रकम पठाउने र प्राप्त गर्ने दुवै पक्षका लागि सहज हुने भएकाले यसले अन्तर्राष्ट्रिय वित्तीय कारोबारलाई अझ सरल र पहुँचयोग्य बनाएको बैंकको विश्वास छ ।
