आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

विज्ञापन
ncell

सम्झौता अनुसार नेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आबद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनामा समेटी सेवा प्रदान गरिनेछ ।

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लब बीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले आपसी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आबद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनामा समेटी सेवा प्रदान गरिनेछ । साथै, कम्पनीले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ, जसले क्लबको खेलकुद गतिविधि, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्यािउने अपेक्षा गरिएको छ ।कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ऐतिहासिक र गौरवशाली नेपाल पुलिस क्लबसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै खेलाडीहरूको मनोबल उच्च राख्दै खेलकुद क्षेत्रको विकासमा योगदान दिन पाएकोमा खुसी व्यक्त गरे । उनले दुवै संस्थाबीचको सहकार्य निरन्तर रहने प्रतिबद्धता समेत जनाए ।

त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले खेलकुद विकास र खेलाडीहरूको उन्नतिमा गरिएको सहयोगप्रति आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै यस सहकार्यले क्लबको दीर्घकालीन विकास यात्रामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।