पूर्वाधारमन्त्री लम्सालको चेतावनी: ‘काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्छौँ, मेयरलाई कारबाही गर्छौँ’

विज्ञापन
ncell

मन्त्री लम्सालले भने ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन।'

काठमाडौं । पूर्वाधारमन्त्री विकासमन्त्री सुनिल लम्सालले काम नगर्ने प्रदेशमन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले यस्तो चेतावनी दिएका हुन् ।

मन्त्री लम्सालले भने ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन।'

मन्त्री लम्सालले सरकारले काम गर्नेलाई संरक्षण गर्ने र जनताको हितविपरीत काम गर्ने जो-कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।

उनले थपे, ‘काम चाहिँ गर्नु पर्‍यो, काम चाहिँ गराउनु पर्‍यो । विकास त हुनु पर्‍यो नि १ अनि त्यो एटिट्युडमा हजुरहरुले चाही काम गर्नु पर्‍यो ।’

तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने मन्त्री लम्सालको भनाइ थियो । जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्‍याउन आग्रह गर्दै उनले सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए । यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिका कारण उनको निकै आलोचना भएको थियो । अहिले फेरि उनले प्रदेशका मन्त्री नै थुन्ने चेतावनी दिएका हुन् ।