अमेरिकाद्वारा इरानका सैन्य संरचनामाथि हवाई आक्रमणगरेपछि होर्मुज स्ट्रेटमा फेरि तनाव, तेलको मूल्य वृद्धि

विज्ञापन
ncell

आक्रमणसँगै वासिङ्टनले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा कच्चा तेल बिक्री गर्न दिइएको स्थायी छुट फिर्ता लिएको जानकारी दिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यी प्रतिबन्धहरू आउँदो जुलाई १७ देखि पूर्ण रूपमा लागू हुनेछन् ।

काठमाडौं । ईरानद्वारा स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले बुधबार बिहान जवाफी हमला गरेको छ । इरानका सैन्य संरचनामाथि अमेरिकाको हवाई आक्रमणसँगै इरानले पनि बहराइन र कुवेतलाई लक्षित गरी मिसाइल प्रहार सुरु गरेको छ ।

पछिल्लो घटनाक्रमले युद्धविरामतर्फ अघि बढिरहेको प्रयासलाई गम्भीर धक्का पुगेको र मध्यपूर्व पुनः व्यापक द्वन्द्वतर्फ धकेलिन सक्ने विश्लेषणहरु भईरहेका छन् । तेहरानले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित तीन व्यापारिक जहाजलाई लक्षित बनाएपछि अमेरिकी सेनाले जवाफी कारबाही गरेको जनाइएको छ । आक्रमणसँगै वासिङ्टनले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई खुला रूपमा कच्चा तेल बिक्री गर्न दिइएको स्थायी छुट फिर्ता लिएको जानकारी दिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार यी प्रतिबन्धहरू आउँदो जुलाई १७ देखि पूर्ण रूपमा लागू हुनेछन् । उता, इरानले भने अमेरिकी कदमको कडा विरोध गर्दै आवश्यक सबै उपाय अबलम्बन गरिने चेतावनी दिएको छ ।

अमेरिका-इरान तनाव र जलसन्धिमा भएको आक्रमणको प्रत्यक्ष असर विश्वको कच्चा तेल बजारमा देखिएको छ । बुधबार अमेरिकी क्रुड फ्युचर्स (कच्चा तेल) को मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ । पुनः कच्चा तेलमा भएको मूल्य बृद्धिले बढ्दो मुद्रास्फीति र ब्याजदरको बढ्दो चावलाई पछ्याउने आकलन गरिन थालिएको छ । 


पछिल्लो घटना इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि चलिरहेका बेला भएको हो । फेब्रुअरी २८ मा ८६ वर्षको उमेरमा युद्धको प्रारम्भिक चरणमै मारिएका खामेनीको अन्तिम संस्कार बिहीबार सम्पन्न गर्ने तालिका छ । अन्त्येष्टिपछि हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन गर्ने र इरानको विवादित आणविक कार्यक्रमबारे वार्ता अघि बढ्ने अपेक्षा गरिएपनि बिचैमा द्वन्द्ध सिर्जना भएकाले शान्तिवार्तालाई अनिश्चिततामा धेकेलेको छ ।