बीमालेख नवीकरणमा हिमालयन लाइफले ५० प्रतिशत ब्याज र जरिवाना छुट दिने

विज्ञापन
ncell

छुट सुविधा हिमालयन लाइफसँगै साविकका प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका तथा हाल व्यतित भएका सबै बीमालेखमा लागू हुनेछ।

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्ने बीमितलाई ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार असार २५ गतेदेखि ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण वा पुनर्जागरण गर्ने बीमितले बीमाशुल्कमा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधा हिमालयन लाइफसँगै साविकका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी भएका तथा हाल व्यतित भएका सबै बीमालेखमा लागू हुनेछ ।

कम्पनीका अनुसार उक्त छुट सुविधा एउटै बीमालेखमा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिनेछ । साथै, ब्याज–जरिवाना छुटको सुविधा प्रयोग गरी नवीकरण गरिएको बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र समर्पण (सरेन्डर) गर्न चाहेमा छुट गरिएको ब्याज तथा जरिवानाको रकम कम्पनीले कट्टा गर्ने व्यवस्था गरिएको छ।