साताको अन्तिम दिन पनि नेप्सेमा सुस्तता: सूचक २६०० अंकमा, कारोबार रकम ६ अर्ब ८६ करोडमा उक्लियो
शुक्रबार नेप्से परिसूचक १.१३ अंक घटेर २६००.७८ विन्दुमा झरेको छ । आज ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । शुक्रबार नेप्से परिसूचक १.१३ अंक घटेर २६००.७८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । आज ६ अर्ब ८६ करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बिहीबार भने ४ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १०.६६ प्रतिशत बढेको छ । त्यसैगरी, कुमारी इक्विटी फण्डको इकाईमूल्य ९ प्रतिशत बढेको छ कारोबारमा आएको भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य आज सर्वाधिक ७.८४ प्रतिशत घटेको छ ।
कारोबार रकमको आधारमा आज नेपाल बैंक डिबेञ्चरको शिर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ८९ करोड ९१ लाख रुपैयाँको इकाई कारोबार भएको छ । त्यस्तै आरबीबी डिबेञ्चरको ६९ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
शुक्रबार कारोबरमा आएको मध्य १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको घटेको छ त्यस्तै १९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।