कतारका पूर्वराजा अल थानीको ७४ वर्षको उमेरमा निधन
उनको शासनकालमा कतारले तीव्र आर्थिक विकास गरेको थियो ।
काठमाडौँ । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा बिन हमद अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। अमिरी दिवानले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधन भएको पुष्टि गरेको छ ।
शेख हमद बिन खलिफा अल थानी सन् १९९५ देखि २०१३ सम्म कतारका अमिर रहेका थिए । उनको शासनकालमा कतारले तीव्र आर्थिक विकास गरेको थियो ।
उनी आधुनिक कतार निर्माणका प्रमुख व्यक्तिमध्ये एक मानिन्छन् । उनको नेतृत्वकालमा सन् १९९६ मा उनको आदेशमा अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराको स्थापना भएको थियो ।
सन् २०१३ मा शेख हमदले सत्ता आफ्ना छोरा शेख तमीम बिन हमद अल थानीलाई हस्तान्तरण गरेका थिए । हाल शेख तमीम नै कतारका अमिर छन् ।
