यात्रीको पहिलो इलेक्ट्रिक स्कुटर ‘P2’ आउँदै, नाडा अटो शो मा सार्वजनिक हुने

सिप्रदीसँगको सहकार्यमा विकास गरिएको यो इलेक्ट्रिक स्कुटर हाल देशका विभिन्न स्थानमा सडक परीक्षण (रोड टेस्टिङ) भइरहेको छ ।

काठमाडौं । नेपाली ईभी कम्पनी यात्री मोटरसाइकल्सले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर यात्री P2 सार्वजनिक गर्ने तयारीमा छ ।

सिप्रदीसँगको सहकार्यमा विकास गरिएको यो इलेक्ट्रिक स्कुटर हाल देशका विभिन्न स्थानमा सडक परीक्षण (रोड टेस्टिङ) भइरहेको छ । साथै, यसलाई नाडा अटो शो २०२६ मा पनि प्रदर्शन गरिनेछ ।

हालसम्म कम्पनीले ब्याट्री क्षमता, ड्राइभिङ रेन्ज, मोटरको पावर तथा मूल्य सम्बन्धी आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । तर, नाडा अटो शो २०२६ मा यसको प्रदर्शनसँगै सर्वसाधारणले यात्री एद्द लाई नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन् ।