बाढीका कारण सिनर्जी पावरको लगानी रहेकेा १० मेगावाटको सिप्रिङ आयोजनाबाट विद्युत उत्पादन बन्द
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको लगानीले सन्चालन गरेको आयोजना साउन ५ गते राति ११ बजे आएको बाढी तथा पहिरोका कारण बन्द भएको हो । वर्षाका कारण बाढी र पहिरोले आयोजनाका केही मेसिन र संरचनामा क्षति पुगेको छ ।
काठमाडौं । वर्षाले गर्दा आएको बाढी तथा पहिरोले १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजना बन्द भएको छ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको लगानीले सन्चालन गरेको आयोजना साउन ५ गते राति ११ बजे आएको बाढी तथा पहिरोका कारण बन्द भएको हो । वर्षाका कारण बाढी र पहिरोले आयोजनाका केही मेसिन र संरचनामा क्षति पुगेको छ ।
आयोजनामा क्षति पुगेपछि उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ । सिप्रिङ आयोजना सिनर्जी पावर डेभलपमेन्टको प्रवर्द्धनमा छ ।