सुन १ हजार ६ सय र चाँदी ६० रुपैयाँले महँगियो

विज्ञापन
ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको १ हजार ६ सयले बढेर २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ ।

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको १ हजार ६ सयले बढेर २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८५ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर  ४ हजार ४१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४३५० मा कारोबार भएको थियो ।