सुन तोलामा १ हजारले घट्दा, चाँदी १० रुपैयाँले बढ्यो

विज्ञापन
ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको १ हजारले घटेर २ लाख ८३ हजार २ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको १ हजारले घटेर २ लाख ८३ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८४ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४ हजार ३२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ३१० मा कारोबार भएको थियो ।