नवनियुक्त मन्त्री दीपक कुमार शाहले गरे पदभार ग्रहण

विज्ञापन
ncell

मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए ।

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफुले काम सुरु गर्ने बताए ।

आम नागरिकले ग्यास पाउनेरनपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए । आफूले काम गर्दा पहिलो प्राथमिकतामा राजीनामा दिएर बाहिरिएकी निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग कुराकानी गरेर अगाडि बढ्ने उनले बताए ।