चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड २५ लाख बराबरको बजेट स्वीकृत
आयोगद्वारा स्वीकृत कुल बजेटमध्ये ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ नेपाल सरकारबाट विनियोजन भएको हो भने बाँकी ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ आयोगको आन्तरिक स्रोतबाट व्यहोरिनेछ ।
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष ९आव० २०८३र८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले उक्त बजेट पारित गरेको हो । आयोगद्वारा स्वीकृत कुल बजेटमध्ये ५ अर्ब ९९ करोड २१ लाख रुपैयाँ नेपाल सरकारबाट विनियोजन भएको हो भने बाँकी ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ आयोगको आन्तरिक स्रोतबाट व्यहोरिनेछ । आयोगका अनुसार, गत आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म आन्तरिक स्रोतमा बचत रहेको ९९ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ र चालु आर्थिक वर्षमा विभिन्न स्रोतबाट प्राप्त हुने अनुमानित ३५ करोड रुपैयाँ गरी कुल १ अर्ब ३४ करोड ८५ लाख ९६ हजार २६७ रुपैयाँ आन्तरिक मौज्दात रहेको छ । सोही मौज्दामधयेबाट चालु वर्षका लागि ५६ करोड ४ लाख ९८ हजार रुपैयाँ खर्च गर्ने निर्णय बैठकले गरेको छ ।
आन्तरिक स्रोतबाट खर्च हुने बजेटमध्ये चालुतर्फ ४७ करोड ४२ लाख ९८ हजार रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ। यो बजेटले चिकित्सा शिक्षाको गुणस्तर सुधार, नियमन र आयोगका प्रशासनिक एवं विकासका कामहरूमा खर्च गरिने आयोगले जनाएको छ ।
उक्त बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्रा। डा। देवेन्द्रबहादुर खत्री तथा आयोगका सदस्य सचिव एवं सहसचिव बसन्तप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो ।
