सुन तोलामा ८ सयले बढ्यो, चाँदी भने घट्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्य तोलाको ८ सयले बढेर २ लाख ८४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार २ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४ हजार ३१० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ३२० मा कारोबार भएको थियो ।
