लघुवित्त पीडित र सरकारको वार्ता स्थगित, भोलि पुनः बस्ने

विज्ञापन
ncell

आज भएको प्रारम्भिक वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं । आन्दोलनरत् लघुवित्त पीडित र सरकारले वार्ताटोली गठन गरेपछि सुरु भएको छलफल बिहीबार निष्कर्षविना स्थगित भएको छ । मन्त्रालयका अनुसार भोलि शुक्रबार पुनः बस्ने गरी आजको वार्ता स्थगित भएको हो । आज भएको प्रारम्भिक वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ ।

सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमतिलाई कार्यान्वयन गर्न परमादेश दिएको थियो ।सर्वोच्चले फैसला कार्यान्वयनको निर्देशन समेत दिइसकेको अवस्था हुँदा पनि सरकारले चासो नदेखाएपछि पीडित आन्दोलनमा उत्रेका हुन् ।

पीडितले आमरण अनशन सुरु गरेपछि सरकारले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरको थियो।

वार्ता समितिका सदस्यमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् । वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन् ।