सुन तोलामा १ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार?

विज्ञापन
ncell

काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको १ हजारले बढेर २ लाख ८५ हजारमा कारोबार भइरहेको छ ।यसअघि बिहीबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४ हजार ३६० मा कारोबार भइरहेको छ ।यसअघि बिहीबार चाँदी तोलाको ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।