सुन चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार?
यसअघि शुक्रबार सुन तोलाको २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर तोलाको ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।
