सुनको मूल्यमा झिनो गिरावट, चाँदी तोलामा ३० रुपैयाँ बढ्यो

विज्ञापन
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको २ सयले घटेर २ लाख ८३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८४ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर तोलाको ४ हजार ३८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ३५० मा कारोबार भएको थियो ।