इन्धनको मूल्यसँगै हवाई भाडा बढ्यो
इन्धनको मूल्यसँगै हवाई भाडा बढ्यो
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बढेको छ । निगमले १७ साउनबाट लागू हुने गरी इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँका दरले बढाएको थियो ।
अहिले प्रतिलिटर हवाई इन्धनको मूल्य २९० रुपैयाँ पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोडिने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरुलाई जानकारी गराएको छ । बढेको मूल्य आजैबाट कार्यानवयनमा आएको छ ।
