चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण
काठमाडौं । चीनले बुधबार पूर्वी सान्दोङ प्रान्तको समुन्द्री क्षेत्रबाट स्मार्ट ड्रयागन-३ रकेटमार्फत दुईवटा उपग्रहको सफल प्रक्षेपण गरेको छ । यस प्रक्षेपणमार्फत ओरिएन्टल स्मार्ट आई हाइपरस्पेक्ट्रल उपग्रह ०१ र ०२ लाई सफलतापूर्वक तिनीहरूको निर्धारित कक्षमा स्थापित गरिएको छ ।
बेइजिङ समयअनुसार बुधबार बिहान १०ः३८ बजे हाइयाङ शहर नजिकैको समुन्द्री क्षेत्रबाट उक्त रकेट प्रक्षेपण गरिएको थियो । ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रले यस अपतटीय प्रक्षेपण अभियानको व्यवस्थापन तथा सञ्चालन गरेको हो ।
