सुनको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ किनबेच?
यसअघि बिहीबार सुन तोलाको २ लाख ९६ हजारमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको ९सय रुपैयाँले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलाको २ लाख ९६ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार चाँदी तोलाको ४ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।
