एकै साता सुन ११ हजार ९ सय र चाँदी २२० रुपैयाँले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुनको मूल्य २ लाख ८५ हजार थियो ।
काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला ११ हजार ९ सयले बढेको छ । गत साताको शुक्रबार प्रतितोला २ लाख ८५ हजार रहेको सुनको मूल्य यो साताको शुक्रबार आईपुग्दा भने २ लाख ९६ हजार ९सयमा कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुनको मूल्य २ लाख ८५ हजार थियो । यसपछि, आइतबार सुनको मूल्य सुनको मूल्य प्रतितोला १ हजार ८ सयले घटेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भयो । फेरि सोमबार सुनको मूल्य ८सयले बढेर २ लाख ८४ हजार पुग्यो । तर, आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार भने २ सयले घट्यो र बुधबार भने ४ हजार २ बढेर २ लाख ८८ हजारमा कायम भयो ।
बिहीबार भने फेरि ८ हजार बढ्दै २ लाख ९६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भयो । यसपछि यो साताको अन्तिम दिन अर्थात् शुक्रबार भने सुनको मूल्य फेरि ९ सय बढेर प्रतितोला २ लाख ९६ हजार ९ सयमा कारोबार भएको छ । जुन गत साताको शुक्रबारको तुलनामा ११ हजार ९सय रुपैयाँले बढि हो । यस्तै, यो साता चाँदीको मूल्य पनि बढेको छ । साउन १५ गते शुक्रबार ४ हजार ३६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी यो साताको शुक्रबार अर्थात् साउन २२ गते भने ४ हजार ५८० रुपैयाँमा कारोबार भएको छ । अर्थात् यो एक सातामा चाँदीको मूल्य प्रतितोला २२० रुपैयाँले बढेको छ ।
