सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

विज्ञापन
ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजार ४ सयले बढेर ३ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजार ४ सयले बढेर ३ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ४ हजार ८५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ७५० मा कारोबार भएको थियो ।