लियोनल मेस्सीका पिता जर्ज मेस्सीको निधन

विज्ञापन
ncell

उनको निधनको खबरसँगै विश्व फुटबल जगतमा शोक छाएको छ ।

काठमाडौं । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेस्सीका पिता तथा उनका लामो समयदेखिका प्रतिनिधि जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा जर्जको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । 

जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र थिएनन्, उनी मेस्सीको फुटबल यात्राका महत्वपूर्ण व्यक्ति पनि थिए । मेस्सी सानै उमेरदेखि फुटबलमा अघि बढ्दा जर्जले उनको प्रशिक्षण, करियर र व्यावसायिक यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

मेस्सीलाई बाल्यकालमै फुटबलतर्फ अघि बढाउन जर्जको ठूलो योगदान थियो। मेस्सी चार वर्षको उमेरमा स्थानीय क्लब ग्रान्डोलीमा खेल्न थालेका थिए, जहाँ उनका पिता स्वयं उनको प्रशिक्षणसँग जोडिएका थिए ।

विशेषगरी मेस्सीका अनुबन्ध, व्यावसायिक सम्झौता, इमेज राइट्स तथा विभिन्न व्यवसायिक गतिविधिमा जर्जको महत्वपूर्ण भूमिका थियो । उनको निधनको खबरसँगै विश्व फुटबल जगतमा शोक छाएको छ ।