नाइमा एक्स्पोमा होङ्छी ई-एचएस४ सार्वजनिक

विज्ञापन
ncell

काठमाडौं । चीनको लक्जरी ब्रान्ड होङ्छीको इलेक्ट्रिक एसयुभी कार ई-एचएस४ सार्वजनिक भएको छ । बुधबार नाइमा मोबिलिटी एक्स्पोमा ई-एचएस४ सार्वजनिक भएको हो । 

विशाल ग्रुपअन्तर्गतको एड्भान्स अटोमोबाइल प्रालिले होङ्छी ब्रान्डको उक्त गाडी सार्वजनिक गरेको हो । होङ्छी चीनको फर्स्ट अटोमोबाइल वर्क्स (एफएडब्ल्यू ग्रुप) अन्तर्गत सञ्चालन छ ।

यसले सुरुवाती चरणमा चीनका राष्ट्रपति, उच्च सरकारी अधिकारी र राज्यका अतिथिका लागि मात्र गाडी उत्पादन गर्थ्यो । पछिल्ला वर्षहरूमा सर्वसाधारणका लागि पनि लक्जरी कार र ईभी उत्पादन विस्तार गरिरहेको छ ।

यसको मूल्य ५९ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । तर, नाइमा अफरमा यो गाडी ५७ लाख ९९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।