सुन तोलामा ५ सय रुपैयाँ घट्यो, चाँदीमा सामान्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्य तोलाको ५ सयले घटेर ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामन्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार सुनको मूल्य तोलाको ५ सयले घटेर ३ लाख ६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर ४ हजार ७५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार ७४५ मा कारोबार भएको थियो ।
