१ हजार ६ सयले बढ्यो सुनको भाउ. चाँदीमा पनि वृद्धि

विज्ञापन
ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ६ सयले बढेर ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलाको १ हजार ६ सयले बढेर ३ लाख ६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४ हजार ७७० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ७१० मा कारोबार भएको थियो ।