३ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?

विज्ञापन
ncell

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजारले घटेर ३ लाख २ हजार ४ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ हजारले घटेर ३ लाख २ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ५ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले घटेर ४ हजार ७५० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ७९० मा कारोबार भएको थियो ।