साउनमा रोजगारी खोज्दै ७० हजार नेपाली विदेशिए, मलेसियासँगै युरोपतर्फ पनि बढ्दो आकर्षण

विज्ञापन
ncell

विभागले सार्वजनिक गरेको विवरण अनुसार गत असारमा महिनामा ६९ हजार ३ सय ६२ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएकोमा साउनमा महिनामा यो सङ्ख्या बढेर ७० हजार ४४१ जना भएको छ ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना श्रावणमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीहरूको संख्यामा वृद्धि भएको छ । 

असार महिनाको तुलनामा साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या १ हजार ७९ ले बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ । विभागले सार्वजनिक गरेको विवरण अनुसार गत असारमा महिनामा ६९ हजार ३ सय ६२ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएकोमा साउनमा महिनामा यो सङ्ख्या बढेर ७० हजार ४४१ जना भएको छ । 

विभागका अनुसार, विदेशिने नेपालीहरूको यो संख्यामा नयाँ श्रम स्वीकृति लिने ४२ हजार ६९३ जना र पुनः श्रम स्वीकृति लिने २७ हजार ७४८ जना समावेश छन् । यसरी विदेश जानेहरूमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन् । श्रावण महिनामा पनि नेपाली श्रमिकहरूको प्रमुख रोजाइमा खाडी मुलुक र मलेसिया नै देखिएका छन् । तथ्याङ्क अनुसार संयुक्त अरब इमिरेट्स १८ हजार ७८४ जना नेपालीका साथ पहिलो गन्तव्य बनेको छ । यस्तै, मलेसिया १२ हजार ४९८ जनाका साथ दोस्रो र कतार १० हजार ३६० जनाका साथ तेस्रो स्थानमा रहेका छन् । साउदी अरब ९८,६१३० र कुवेत ९४,५६७० पनि नेपालीहरूका लागि प्रमुख आकर्षणको केन्द्र रहेका छन् । 

युरोपेली देशहरूमध्ये रोमानिया सबैभन्दा ठूलो गन्तव्यका रूपमा उदाएको छ, जहाँ एकै महिनामा २ हजार ९०८ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै, पोर्चुगलका लागि १ हजार १७९ जना, साइप्रसका लागि १ हजार १६ जना र क्रोएसियाका लागि ६४४ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रावण महिनामा म्यानपावर कम्पनीहरूमार्फत २९ हजार ४४७ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्। व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति लिनेको संख्या १२ हजार ४४२ रहेको छ। यस्तै, दक्षिण कोरियाका लागि ुजी(टु(जीु प्रक्रियाबाट ७१२ जना र इजरायलका लागि ५४ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।