विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकका लागि ३ जनाको नाम सिफारिस

विज्ञापन
ncell

सिफारिस गरिएका तीनमध्ये एक जनालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट हुनेछ ।

काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले गोरखाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर शाही र काठमाडौंका बुद्धकाजी श्रेष्ठको नाम सिफारिस गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कार्यकारी निर्देशक पदका लागि कुल ९ जनाको आवेदन परेको थियो। तीमध्ये समितिले तीन जनाको नाम छनोट गरी सिफारिस गरेको हो । सिफारिस गरिएका तीनमध्ये एक जनालाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट हुनेछ ।