एकैदिन सुन र चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

विज्ञापन
ncell

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार ४ हजार ५ सय ९५ रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ । बिहीबार सुनको मूल्य बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार ४ हजार ५ सय ९५ रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।