लगातार बढ्दै सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

विज्ञापन
ncell

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ८ सय ५५ रुपैयाँ थियो ।

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले बढेको हो । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य ४ हजार ८ सय ५५ रुपैयाँ थियो । बिहीबारको तुलनामा शुक्रबार चाँदीको मूल्य १३० रुपैयाँले बढेको हो ।