सुनको मूल्यमा साप्ताहिक उछाल, प्रतितोला ३ लाख १६ हजार ७ सय पुग्यो

विज्ञापन
ncell

यो साता चाँदीको मूल्य पनि बढेको छ । साउन २९ गते शुक्रबार ४ हजार ६ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी यो साताको शुक्रबार अर्थात् भाद्र ५ गते भने ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य प्रतितोला १३ हजार ६ सय रुपैयाँले बढेको छ । गत साताको शुक्रबार प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ रहेको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ थियो। त्यसपछि आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको थियो । सोमबार भने सुनको मूल्य थप १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ८ हजार ३ सय रुपैयाँ कायम भयो ।

मंगलबार सुनको मूल्य स्थिर रहेको थियो। बुधबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेर तोलाको ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो । यसअघि मंगलबार पनि सुन तोलाको ३ लाख ४ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्य पुनः प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भयो । साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्य थप ३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

यससँगै गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य प्रतितोला १३ हजार ६ सय रुपैयाँले बढेको हो ।

यस्तै, यो साता चाँदीको मूल्य पनि बढेको छ । साउन २९ गते शुक्रबार प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबार अर्थात् भदौ ५ गते प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको छ । अर्थात्, एक साताको अवधिमा चाँदीको मूल्य प्रतितोला ३ सय २५ रुपैयाँले बढेको हो ।