सुन तोलाको ३ हजार २ सयले बढ्यो, चाँदीमा भने सामान्य गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर तोलाको ३ लाख २२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर तोलाको ३ लाख २२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलाको ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।
