सानिमा ग्रोथ फण्डले ५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

विज्ञापन
ncell

यसका साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ ।

काठमाडौं । सानिमा बैंक कोष प्रबर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको लागि इकाईधनीहरुलाई ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ५ गते बसेको फण्डको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । यसका साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ भदौ १८ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो प्रतिफल प्राप्त गर्न सक्नेछन् ।