प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले इकाईधनीलाई १२/१२ प्रतिशत नगद लाभांश दिने
प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीलाई १२/१२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् ।
काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई वटा बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन् । प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीलाई १२/१२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् । भदौ ५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
यी दुवै योजनाको कोष प्रबर्धक प्रभु बैंक तथा व्यवस्थापक प्रभु क्यापिटल हुन् ।
