सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला
उनले ३६ देशलाई चिनेको भनि दाबी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाइन् ।
काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको बताइन् । उनले ३६ देशलाई चिनेको भनि दाबी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाइन् । उनले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी पनि गरिन् । उनले अर्थमन्त्री वाग्लेले पूँजीबजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा चिठ्टा खेलाउनमा व्यस्त रहेको आरोप पनि लगाएकी हुन् ।
