पद्मा अर्यालको प्रश्न- सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना सञ्चालन गर्ने मात्रै हो ?
के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हो ? उनको प्रश्न छ । उनले प्रविधिको विकास हुनु आफैँमा समस्या नभएपनि त्यसले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताइन् ।
काठमाडौं । नेकपा (एमाले)की सचिव एवं संसदीइ दलकी उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
उनले ग्यास, रासायनिक मल र राहदानीको लागि लाइनमा बसेका नागरिकको समस्या समाधान गर्नुभन्दा सरकार निकटस्थमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाइन् । के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हो ? उनको प्रश्न छ । उनले प्रविधिको विकास हुनु आफैँमा समस्या नभएपनि त्यसले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताइन् ।
उनले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर र वर्गीकरणका आधारमा मापदण्ड बनाउन समेत सरकारसँग माग गरिन् । उनले गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न माग गरिन् । उनले ठूलो जनमतसहित आएको सरकारले किन परिणाम आउनेगरी काम गर्न सकिरहेको छैन रु भन्दै प्रश्न समेत गरिन् ।
